नेकपा समाजवादीको सचिवालय बैठक आज, यस्ता छन् एजेण्डा

नेपालभ्युज

नेकपा समाजवादीको सचिवालय बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । यसअघि मंसिर २८ गतेका लागि बोलाइएको बैठकमा नेताहरु विदेशमा रहेको भन्दै सारिएको बैठक आजदेखि बस्न लागेको हो ।

बैठक केन्द्रीय कार्यालय आलोकनगरमा आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेद्वारको मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षालगायतमा छलफल गर्ने विभागप्रमुख जगन्नाथ खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved