रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत मटकोरको रौनक (तस्वीरहरु)

शनिबार दिउँसो जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्त्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका हुन् ।

रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत मटकोरको रौनक (तस्वीरहरु)

जनकपुरधाम । सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत शनिबार  मटकोर विधि सम्पन्न भएको छ ।

शनिबार दिउँसो जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्त्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका हुन् ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको हो ।

मटकोरमा नेपाल प्रहरी, नेपाली सेना,  सांसदहरु,  साधुसन्त, श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको हो ।

भोलि छैंटौं दिन  स्वयंवर र राति वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved