छाड्न आदेश दिए पनि बालकृष्ण खाण आज नछुट्ने

नेपालभ्युज

छाड्न आदेश दिए पनि बालकृष्ण खाण आज नछुट्ने

काठमाडौं । उच्च अदालत पाटनले बालकृष्ण खाणलाई छाड्न आदेश दिए पनि आज भने नछुट्ने भएका छन् । न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिए पनि उनलाई प्रक्रिया पुरा गरेर छाड्न शुक्रबार लाग्ने जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाण केन्द्रीय कारागार जगन्नाथदेवलमा छन् ।

खाणलाई अदालतले ३० लाख रुपैयाँ धरौटी मागेको थियो । तर धरौटी बुझाउने प्रक्रियामा समय लाग्ने हुँदा खाण आज नछुट्ने केन्द्रीय कारागारका सहायक जेलर मित्रलाल लुइँटेलले जानकारी दिए ।

उस्तै अभियोगमा सत्तापक्षीय खाण बाहिर, प्रतिपक्षीय रायमाझी जेलमै

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाणबारे निर्णय हुन सकेको थिएन । स्रोतका अनुसार न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो । अहिले अरुलाई भने थुनामै राख्न आदेश दिएको छ ।

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश (पूर्णपाठ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved