कञ्चनपुरमा महेन्द्रको सालिक राख्न खोजेपछि प्रशासनको निषेधाज्ञा

नेपालभ्युज

कञ्चनपुरमा महेन्द्रको सालिक राख्न खोजेपछि प्रशासनको निषेधाज्ञा

धनगढी । स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयमा तनाव हुने संकेत देखिएपछि स्थानीय प्रशासनले कञ्चनपुरमा निषेधाज्ञा जारी गरेको छ ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा ७ दिनसम्म लागू हुनेछ ।

निषेधाज्ञाअनुसार यो क्षेत्रमा ५ जना भन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved