एसिया कपमा भारतसामू नेपाल निरीह, दियो मात्र ५३ रनको लक्ष्य

नेपालभ्युज

एसिया कपमा भारतसामू नेपाल निरीह, दियो मात्र ५३ रनको लक्ष्य

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध कमजोर ब्याटिङ गरेको छ । कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर गर्न नसकेपछि नेपाल सस्तैमा अलआउट भएको छ ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मैदानमा नेपाल २२.१ ओभरमा ५२ रन बनाएर अलआउट भयो । भारतका बलरसामु निरीह बनेका नेपाली ब्याटरको स्कोरकार्डमा पनि दयनीय अवस्था देखियो ।

नेपालले ९.५ ओभरमै २१ रनमा ६ विकेट गुमाएको थियो ।  हेमन्त धामीले बनाएको ८ रन नै नेपालको उच्च स्कोर थियो ।

अर्जुन कुमाल ७, गुल्सन झा ४, दिपेश कंडेल ४, देव खनाल २, सुवास भण्डारी २ र दीपक बोहोरा १ रनमा आउट भए। उत्तम मगर र दीपक डुम्रे भने डगआउट भए। आकाश चन्द ४ रनमा अविजित रहे।

नेपालले अतिरिक्त १२ रन पाएको थियो । भारतका लागि राज लिम्बानीले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिए ।

नेपाल प्रतियोगिताको लिग चरणबाटै बाहिरिइसकेको छ । यसअघि पाकिस्तान र अफगानिस्तानसँग पनि नेपाल फराकिलो अन्तरले हारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved