एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच साँठगाँठ भएको गगन थापाको ठोकुवा

नेपालभ्युज

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच साँठगाँठ भएको गगन थापाको ठोकुवा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच साँठगाँठ भएको ठोकुवा गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ भएको ठोकुवा गरेका हुन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग र भरोसाबिना एनसेलको शेयर खरिदबिक्री हुन सम्भवै नभएको बताए ।

सरकारले बनाएको छानबिन समितिमाथि निगरानी हुनुपर्ने थापाको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved