ओलीले गरे बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा

नेपालभ्युज

ओलीले गरे बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा

गलकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा बिहीबार बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधनपछि अध्यक्ष ओली र उनकी श्रीमती राधिका शाक्यले कालिका मन्दिरमा विशेष पूजा आराधना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिएका थिए । अध्यक्ष ओलीसहित मन्दिर पुगेका  एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतको टोलीलाई गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

अध्यक्ष ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गरेका थिए । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले मन्दिर परिसरमा विवाह गरिरहेका जोडीलाई बधाई दिएका थिए । रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved