सरकारले बनायो एनसेल प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति

मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो ।

नेपालभ्युज

सरकारले बनायो एनसेल प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति

काठमाडौं । सरकारले एनसेल प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, संचार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् ।

प्रक्रिया पूरा नगरी एनसेल खरिद बिक्री गरेर आर्थिक चलखेल भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved