खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

नेपालभ्युज

खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत
काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् ।  खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् ।
स्वीडेनमा रहेका गीतकार डा दिपराज थापाको शब्द रहेको गीतको भिडिओमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् ।
नेपाल टी २० विश्वकपमा छनोट भएको र नेपालमा खेलप्रतिको क्रेज बढिरहेको माहोलमा यो गीत ल्याइएको गायक हरिवंश आचार्यले बताए । गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए ।
विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडिओ राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ ।
श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकारको रहेको यो गीतको रेकर्डिस्ट रञ्जन राई हुन् । गीतकार थापासँगै अस्ट्रेलिया निवासी सुशीला पौड्याल र गोपाल पौड्याल यो गीतका निर्माता हुन् ।
https://www.youtube.com/watch?v=N3ysomgtcNg

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved