नेपाल एयरलाईन्सले भन्यो- नेपालको हवाई क्षेत्र इयुको कालो सूचिबाट नहट्नुमा हाम्रो दोष छैन

नेपालभ्युज

नेपाल एयरलाईन्सले भन्यो- नेपालको हवाई क्षेत्र इयुको कालो सूचिबाट नहट्नुमा हाम्रो दोष छैन

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय युनियन (इयु) ले कालो सूचिबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।

इयुको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालो सूचिबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनि केही समाचार माध्यमले समाचार सम्प्रेषित गरेकोमा आपत्ति जनाउँदै निगमका प्रवक्ता रमेश पौडेलले यस्तो स्पष्टिकरण दिएका हुन् । उनले सोमवार अपरान्ह प्रतिक्रिया दिँदै इयुको सो प्रतिवेदन नेपालको समग्र हवाई उडान क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न नमिल्ने तर्क गरे ।

उनले निगमको कमजोरीलाई इयूले औंल्याएर नेपालको हवाई उडानलाई कालोसूचिमा राखेको भए नेपालका अन्य वायुसेवा प्रदायक संस्थाहरुले इयूबाट उडान अनुमति पाउने प्रावधान रहेको स्मरण गराए । प्रवक्ता पौडेलले इयूको कालो सूचिबाट नेपालको हवाई उडान क्षेत्रलाई हटाउनका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने  आवश्यकता पनि औंल्याए ।

इयूले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई उडानको क्षेत्रलाई फेरि पनि कालोसूचिमा राखिएको उल्लेख गरिएको छ । प्रवक्ता पौडेलले त्यो अडिट रिर्पोट समग्र नेपालको हवाई उडान क्षेत्रको भएकाले त्यसमा निगमको कमजोरीले भएको भन्न नमिल्ने बताए ।

उनले भने, ‘अहिले नेपाल वायु सेवा निगमको कारणले इयुको सेफ्टलिष्ट परेको र सेफलिस्टबाट बाहिर निस्कन नसकेको भनेर जुन प्रचार गरिएको छ । यो प्रचारमा सत्यता छैन । यसमा मुलतः सिभिल एभिएशनलाई नै उसले अर्डिटको क्षेत्रको रुपमा लिएको हो ।’

प्रवक्ता पौडेलले आम मानिसमा भ्रम छरेर निगममाथि दोष थोपर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved