अछाम पुगेर ओलीले भने- सरकार अपराध गर्नेको संरक्षक भएको छ

अछाम पुगेर ओलीले भने- सरकार अपराध गर्नेको संरक्षक भएको छ

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अपराध गर्नेको संरक्षक भएको बताएका छन् । उनले हत्या आरोपीलगायत अपराध गर्नेहरुको धमाधम मुद्धा फिर्ता लिन थालेको बताउँदै सरकार अपराधीहरुको संरक्षक भएको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले अहिले सरकारले हत्याका आरोपीको मुद्धा फिर्ता लिने सुरु भएको बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा आयोजना गरिएको नेकपा एमालेको संकल्प यात्राको सभामा बोल्दै उनले गत स्थानीय तहको चुनावमा मारिएका विनोद शाहीलाई सहिद घोषणासमेत गरे ।

२०७९ साल ३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । उक्त झगडा जेठ १७ मा पुनः भएको थियो । जेठ १७ गतेदेखि बेपत्ता भएको विनोद शाही वेपक्ता भएका थिए । शाहीको शव जेठ २१ गते घर नजिकैको जंगलमा फेला परेको थियो ।

मृतक शाही एमालेनिकट भएकोले कांग्रेस कार्यकर्ताले उनको हत्या गरेको आरोप लागेको थियो । अहिले पनि केही मानिस हत्या आरोपमा पुर्पक्षका थुनामा रहेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेलगाएतका केहीलाई प्रमाण नपुगेको भन्दै मुद्धा चलाएन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved