मण्डला थिएटरमा ‘मानिस हराएको सूचना’ (तस्वीरहरु)

मण्डला थिएटरमा ‘मानिस हराएको सूचना’ (तस्वीरहरु)

काठमाडौं। के तपाईले आफैंलाई चिन्ने मौका पाउनु भएको छ? समाजमा अगाडि बढ्न तपाईंलाई के कुराले रोकिरहेको छ ? सबैको माझमा हुँदा पनि तपाईलाई किन आफु एक्लो भएको महशुस हुन्छ ? तपाई आफ्ना समस्या बारे समाज सँग खुलेर बोल्न नसक्नुको कारणहरु के के हुन ?

यस्तै अनुत्तरित प्रश्नहरु बोकेर तयार भएको नाटक ‘मानिस हराएको सूचना’ को थापागाँउ स्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।

एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटरका रंगकर्मीहरुको अभिनय रहेको नाटक ‘मानिस हराएको सुचना’ हेर्दै गर्दा कता कता हामीले आफैंलाई चिन्ने मौका पाउने छौ।

समाजमा अघि बढ्न के कुराले हामीलाई रोकिरहेको छ ? सबैको माझमा हुँदा पनि हामी किन एक्लो महशुस गर्छौ? मान्छेले आफुले आफुलाई चिन्न किन सकिरहेको छैन जस्ता अनेकौँ प्रश्नहरुको यस नाटकमा कलात्मक हिसाबले उत्तर खोजिएको छ।

समाजमा आफ्नो अस्तित्व खोजिरहेका तेस्रो लिङ्गीको कथावस्तु समेटिएको यो नाटकमा शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश विमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईंको अभिनय रहेको छ।

झ्याल आर्ट् र ब्लु डायमण्ड सोसाइटीको प्रस्तुति रहेको नाटक, अमित गिरीको लेखन अनि अमित गिरी र सन्तोष विष्टको निर्देशनमा तयार पारिएको हो।

नाटक, हरेक दिन सोमबार बाहेक साँझ ५ बजे मञ्चन हुनेछ। मंसिर २४ गते सम्म मञ्चन हुने नाटकको शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत मञ्चन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved