गुल्मीमा मोटरसाइकल दुर्घटना, कलेजबाट घर फर्कँदै गरेका विवेकको मृत्यु

नेपालभ्युज

गुल्मीमा मोटरसाइकल दुर्घटना, कलेजबाट घर फर्कँदै गरेका विवेकको मृत्यु

तमघास । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का १९ वर्षिय विवेक झाँक्री मगरको मृत्यु भएको हो ।

जिप्रकाका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सोमबार बिहान तम्घासबाट जेगिथुमतर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घासतर्फ आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका विवेकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएपनि चिकित्सकले केहीबेरमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने विवेक पढाइ सकेर तम्घासबाट घरतर्फ जाँदै थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved