फेसबुक लाइभमा आएर आत्महत्याको प्रयास- ‘२८ हजारका लागि टर्चर दियो’

नेपालभ्युज

फेसबुक लाइभमा आएर आत्महत्याको प्रयास- ‘२८ हजारका लागि टर्चर दियो’

काठमाडौँ । काठमाडौंमा एक व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा  फेसबुक लाइभमा आएर आत्महत्याको प्रयास गरेका छन् ।

करिब साढे ६ मिनेट लाइभमा आएका ती व्यक्तिले शनिबार साँझ आत्महत्याको प्रयास गरेका हुन् । उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको फेसबुक लाइभ मार्फत जानकारी दिएका छन् ।

फेसबुक लाइभमा उनले दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यमाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको बताए।  ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए मोरङ अटो वर्कशपले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताए ।

लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागेको अवस्थामा समयमै पुगेको प्रहरी टोलीले उनलाई जिवितै उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलका अनुसार उनलाई ताहाचलबाट जिवित उद्धार गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved