सयपत्रीको ‘गाउँ फर्किरहेको परदेशी’ सार्वजनिक

नेपालभ्युज

सयपत्रीको ‘गाउँ फर्किरहेको परदेशी’ सार्वजनिक

काठमाडौं । कवि सयपत्री थुलुङको कविता सङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’ सार्वजनिक भएको छ । सङ्ग्रह सम्भव समूहको आयोजनामा शनिवार मण्डला नाटकघरमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक समारोहमा वक्ताका रूपमा रहेका वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जङ्गल, कवि उत्तम लिम्बूसँगै कवि थुलुङले संयुक्तरूपमा सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

वक्ताहरूले कवि थुलुङको कविता सङ्ग्रहलाई ‘सन्तुलित कविताहरूको सङ्ग्रह’को संज्ञा दिए । थुलुङको कविता कलात्मक र वैचारिकी दुवै तवरले बलियो रहेको भन्दै कविलाई लेखिरहन सुझावसहितको प्रेरणासमेत दिए ।

सङ्ग्रहमाथि आफ्नो विचार राख्दै वक्ता कवि ज्योति जङ्गल । तस्वीर : नेपालभ्यूज ।
सङ्ग्रहमाथि आफ्नो विचार राख्दै वक्ता कवि ज्योति जङ्गल । तस्वीर : नेपालभ्यूज ।

कवि थुलुङले आफू वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहँदाका अनुभूतिहरूलाई समेटेर कविता बनाएको बताइन् । “म देशबाहिर रहँदा सबै मेरा कविताहरू नै थिए । यी कविताहरूकै साथ थियो,” कविता थुलुङले भनिन् ।

कवि थुलुङले यसअघि २०७० सालमै ‘शान्तिको फूल’ गजल सङ्ग्रह पाठकसामु ल्याइसकेकी छिन् भने अन्य फुटकर कविताहरू पनि टन्नै लेखेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved