केपी ओली कप क्रिकेट : लगातार दोस्रो जितसँगै बागमती सेमिफाइनलमा

नेपालभ्युज

केपी ओली कप क्रिकेट : लगातार दोस्रो जितसँगै बागमती सेमिफाइनलमा

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा बागमतीले कर्णालीलाई ९० रनले पराजित गरेको हो। बागमती सेमिफाइनलमा यससँगै बागमती सेमिफाइनलमा पुगेको हो।

१९० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली १७.३ ओभरमा ९९ रनमा अलआउट भयो। कर्णालीको लागि अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन जोडे। बागमतीको लागि सन्दीप लामिछानेले ४, दिपेश श्रेष्ठले २ तथा प्रतिस जिसी, रिजन ढकाल, सुबास खत्री, ईशान पान्डेले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनायो। बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए। ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडे। कर्णालीको लागि दिनेश अधिकारीले ३ तथा अनुज चनारा र दिवान पुनले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved