इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो

नेपालभ्युज

इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो

तेल अवीव । इजरायलको विदेश मन्त्रालयले सोमबार दक्षिण अफ्रिकी अधिकारीहरूले गरेको पछिल्लो टिप्पणीपछि प्रिटोरियाका लागि इजरायलका राजदूतलाई फिर्ता बोलाएको छ । परामर्शका लागि राजदूतलाई जेरुसेलममा फिर्ता बोलाइएको छ।

केही दिनअघि दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्न आह्वान गरेको थियो। एएनसीका प्रवक्ता महलेन्गी भेन्गु-मोत्सिरीले ‘हामी पछाडि बसेर इजरायली शासनको नरसंहारी कार्यहरू हेर्न सक्दैनौं’ भन्ने टिप्पणी गरेका छन् ।

इजरायलको यो कदम दक्षिण अफ्रिकाले इजरायलबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको दुई सातापछि आएको हो।  एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved