कांग्रेस पदाधिकारी बैठकमा भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल

नेपालभ्युज

कांग्रेस पदाधिकारी बैठकमा भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुलाई थप सहयोग गर्ने बताएको छ ।

सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा राहत, उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

उनले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने पनि बताए ।

मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको बताए । उनले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाजभन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुनेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved