कहाँबाट सञ्चालित छ दुर्गा प्रसाईँको आन्दोलन ?

नेपालभ्युज

कहाँबाट सञ्चालित छ दुर्गा प्रसाईँको आन्दोलन ?

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईँले राज्य व्यवस्था नै उल्टाउने उद्घोषका साथ मंसिर ७ गते काठमाडौंमा भीषण प्रदर्शन गर्ने दाबी गरिरहेका छन् ।

राजनीतिक दलका नेताहरूको फेरो समातेर व्यावसायिक लाभ लिने प्रयास असफल भएपछि वर्तमान राज्य व्यवस्थाविरुद्ध उत्रिएका प्रसाईँले पहिलो पटक मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् ।

प्रसाईँले देशैभरीबाट आफ्ना समर्थकहरूलाई काठमाडौं उतारेर शक्ति प्रदर्शन गर्न गर्ने भनेका उनले कोटेश्वर पेरिसडाँडामा सचिवालय स्थापना गरेका छन् ।

जुन ठाउँ नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयकै अगाडी छ । वृहत् नागरिक मुक्ति आन्दोलन भन्दै प्रसाईँले अहिले गर्ने भनेको आन्दोलनको सचिवालय स्थापना गरेको घर उनकै हो ।

प्रसाईँका एक सहयोगी भने ‘‘पनि देशैभरबाट आफ्ना समर्थकहरू मंसिर ७ गते नै काठमाडौंमा ओराल्दै छौँ। त्यसको समन्वयको लागि हामीले उहाँकै घरमा सचिवालय बनाएका हौँ । यसैले यो अभियानको सबै काम यहीबाट सञ्चालन गरिरहेका छौँ ।’’

प्रसाईँ पनि कुनै बेला माओवादी नै थिए । तर, माओवादीकै कार्यालय अघि आफ्नो अभियानको सचिवालय राख्नुमा उनकै घर भएको संयोग मात्र भएको बताइन्छ ।

माओवादी विद्रोहमा उनी बम–बारुद बोक्नेदेखि गोली ठोक्नेसम्म काम गरेको उनी आफैँ बेलाबेला बताइरहन्छन् । माओवादीको हिंसात्मक द्वन्द्वमा क्रियाशील प्रसाईँ एमाले हुँदै राजावादी ‘अभियन्ता’ भएका हुन् ।

राजतन्त्रबारे उत्तेजक अभिव्यक्ति दिएपछि गत फागुन १३ गते नै उनलाई एमाले सचिवालय बैठकले पार्टीबाट निष्कासन गर्याे । त्यसपछि उनी राजावादी अभियानमा लागेका हुन् ।

यो पनि पढ्नुहोस :

युवा संघको आन्दोलन: सरकारको विरोध कि प्रसाईँको प्रमोसन ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved