गौरीघाटमा छठ पूजाको तयारी तीव्र, ५१० घाट बनाइँदै (तस्वीरहरू)

केही दशक अघिसम्म नेपालको तराई क्षेत्रमा मात्रै मनाउने गरिएको छठ पर्व पछिल्लो समय काठमाडौंलगायत देशका पहाडी क्षेत्रमा पनि भव्यसँग मनाउने गरिएको छ ।

गौरीघाटमा छठ पूजाको तयारी तीव्र, ५१० घाट बनाइँदै (तस्वीरहरू)

काठमाडौं । केही दशक अघिसम्म नेपालको तराई क्षेत्रमा मात्रै मनाउने गरिएको छठ पर्व पछिल्लो समय काठमाडौंलगायत देशका पहाडी क्षेत्रमा पनि भव्यसँग मनाउने गरिएको छ ।

भगवान सूर्यदेवको पूजा आराधना गरी मनाइने यस पर्व कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै सुरु हुन्छ।

छठ पर्व मनाउनका लागि काठमाडौंको गौरीघाटमा घाट बनाउने काम अन्तिम चरणमा पुगेको छ। छठ पूजा व्यवस्थापन समितिका अनुसार गौरीघाटदेखि गुह्येश्वरी क्षेत्रमा करिब ५१० घाट बन्नेछ।

छठ पूजाका लागि ब्रतालुले प्रति घाटको १५ सय रुपैयाँ तिर्नुपर्नेछ। घाट बनाउन १७ देखि १८ लाख रुपैयाँ खर्च हुने समितिको अनुमान छ। समितिका अनुसार घाट बनाउन पशुपति क्षेत्र विकास कोषले समितिलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ।

काठमाडौंमा गौरीघाटलगायत कमलपोखरी, गहना पोखरी, नाग पोखरी, बागमती र बिष्णुमती नदी किनाराहरुमा समेत छठ पर्व मनाउने गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved