आलेख

मिर्जा गालिबलाई सम्झिएर…

हाम्रा नेताहरू कहिल्यै आफ्नो बाचाप्रति जिम्मेवार छैनन् । शहीदको रगतप्रति जिम्मेवार छैनन् । बेपत्ता नागरिकहरूप्रति जिम्मवार छैनन् । आफ्नै क्रान्ति र आन्दोलनप्रति जिम्मेवार छैनन् । उनीहरू न त निर्वाचनका घोषणापत्रहरूमा टिके, न त पार्टीका दस्तावेजहरूमा । यति धेरै नग्न, असफल र पत्रु राजनीति सायदै अन्यत्र देखिएला ।

मिर्जा गालिबलाई सम्झिएर…

राजनीतिमा सम्झिनुपर्ने अनेक नाम छन् । आज भने म केही चर्चित नामहरू सम्झिएर यो लेखको प्रारम्भ गर्छु ।

पहिलो, महात्मा गान्धी । गान्धी आफ्नो सिद्धान्तका आफैँ अभ्यासकर्ता थिए । उनको जीवन शान्ति, लोकतन्त्र, सदाचार र स्वराजका लागी समर्पित थियो । उनी तपस्वी थिए । मानव सभ्यतालाई उनले अहिंसात्मक आन्दोलनको महान् उज्यालोले आलोकित गरे । त्यसैले उनको जीवन प्रेरणा बन्यो । त्यो प्रदिप्त भयो ।

नेल्सन मण्डेला आजको विश्वका पछिल्ला प्रेरणापुञ्ज हुन् । किनभने उनले जातीय समानता, मानव अधिकार र लोकतन्त्रको लागि अविश्वासनीय त्याग गरे । त्यसैले आज दक्षिण अफ्रिका गोराहरूको समेत मातृभूमि बनेको छ । त्यसैले आज मानवता जात, रंग, भूगोल र भाषाको अहंकारभन्दा माथि छ ।

मर्टिन लुथर किंगलाई विश्वभरका राजनीतिक र सामाजिक अभियन्ताहरू नैतिकतापूर्ण राजनीतिका प्रणेता मान्दछन् । उनी आज पनि विश्वभरका रंगभेद र जातिभेद विरोधी आन्दोलनका नायक छन् । लोकतन्त्र र मानवअधिकारको पक्षमा हुने संसारभरका प्रदर्शनमा उनको स्मरण हुन्छ र उनका शब्दहरूले मान्छेलाई ऊर्जा दिइरहन्छ ।

भनिन्छ, कार्लमार्क्ससँग आफ्नी छोरीको मृत्युमा कात्रो किन्ने पनि पैसा थिएन । तर, असाध्यै गरिबीमा पनि उनले आफ्नो वैचारिक आस्था, श्रमिकप्रतिको पक्षधरता र परिवर्तनको निष्ठालाई धर्मराउन दिएनन् । त्यसैले उनको जीवन, दर्शन र ज्ञानले मान्छेलाई प्रेरित गरिरह्यो ।

नेपालमै पनि बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई आदि यस्ता नाम हुन्, जसले राजनीतिक निष्ठा र नैतिकताका अनेक मानक हामीलाई दिएका छन् । ती यस्ता मानक हुन्, जसलाई न त कसैले दाग लगाउन सक्छ, न त त्यसको प्रकाशलाई धुलोले छोप्न सक्छ ।

यी केही प्रचलित उदाहरण मात्र हुन् । जसको जीवन राजनीतिक निष्ठा, त्याग र समर्पणको त्रिवेणी थियो । उनीहरू ढोंगी थिएनन् । उनीहरू विचारमा दृढ थिए । उनीहरूले कहिल्यै भ्रम छरेनन् । न त तिकडम गरे, न त चालबाजी नै । उनीहरूले जे भने त्यही गरे । उनीहरूका लागि राजनीति सत्यको लडाइँ थियो । त्यसैले उनीहरूले सधैँ जिते ।

प्रश्न आउँछ, आजको नेपाली राजनीतिमा कोही छ त्यस्तो, जसको अनुहारले समाजलाई उत्प्रेरित गरोस् ? जसको ज्ञानले हामीलाई आलोकित गरोस् ? जसको निष्ठा र नैतिकताले युगलाई प्रदिप्त गरोस् ? वस्तुतः आजको नेपाली राजनीतिमा सत्य र निष्ठाको तागत छैन । विचार त उहिल्यै सकिएको हो । आज न त राजनीतिमा जिम्मेवारी बोध छ, न त नैतिकता ।

आज नेताहरूलाई हेर्दा लाग्छ, उनीहरू संसारकै सबैभन्दा चालू, धूर्त र स्वार्थी मान्छे हुन् । उनीहरूको योग्यता नै यही छ कि, उनीहरू ढाँट्न जान्दछन् । चलाखी साथ ढाँट्नु र मान्छेलाई मुर्ख बनाउनु नै उनीहरूको योग्यता हो ।

आजको नेपाली राजनीति हेर्दा मिर्जा गालिबको एउटा सायरी याद आउँछ- उम्र भर गालिब यही भूल करता रहा, धूल चेहरे पे थी और आईना साफ करता रहा ।

सायरीलाई धेरै व्याख्या गर्नैपर्दैन । किनभने शब्दहरू स्वयम् बोल्छन् । ठ्याक्कै यस्तै छ हाम्रो राजनीति । यस्तै छ हाम्रो नेतृत्व । जसको अनुहारमा फोहोर लागेको छ, तर नेताहरू ऐना पुछिरेहका छन् । जस्तो कि आज नेताहरूलाई हेर्दा लाग्छ, उनीहरू संसारकै सबैभन्दा चालू, धूर्त र स्वार्थी मान्छे हुन् । उनीहरूको योग्यता नै यही छ कि, उनीहरू ढाँट्न जान्दछन् । चलाखी साथ ढाँट्नु र मान्छेलाई मुर्ख बनाउनु नै उनीहरूको योग्यता हो ।

कहिल्यै बचनमा नटिक्नु, हरेक दिन षड्यन्त्रमा रमाउनु, जनतालाई ढाँट्नु, छलछाम गर्नु र सधैँ कुर्सीका लागि लड्नु नै नेपाली नेताहरूको साझा चरित्र भएको छ । जो भ्रम बाँड्नमा माहिर छ । सिद्धान्तको भ्रम, गणतन्त्रको भ्रम, लोकतन्त्रको भ्रम, समाजवादको भ्रम । यी र यस्तै भ्रमहरू हुन्, जसले नेपाली राजनीतिलाई प्रत्येक दिन अझ विकृत, अझ बोझिलो र कुरुप बनाउँदै छन् ।

विचार गरौँ त, हिजो प्रजातन्त्र र लोकतन्त्रको आन्दोलनमा जनतालाई के भनियो ? हिजो युद्धमा युवाहरूलाई के भनेर बन्दुक बोकाइयो ? कस्ता भाषण गरियो ? कस्ता गीत गाइयो ? कस्ता कविता लेखियो ? हिजो दलित, महिला र जनजातिलाई मुक्तिको स्वर्ग कसरी देखाइयो ? भोकोपेट श्रम गर्ने हलिया, खेताला र गोठालाहरूलाई हिजो के भनियो ? हिजो मोही, सुकुम्बासीसँग कस्ता बाचा गरिए ? र, आज भनाइ, बाचा र सपनाहरू कता छन् ?

यस्तो लाग्छ, हाम्रा नेताहरू कहिल्यै आफ्नो बाचाप्रति जिम्मेवार छैनन् । शहीदको रगतप्रति जिम्मेवार छैनन् । बेपत्ता नागरिकहरूप्रति जिम्मवार छैनन् । आफ्नै क्रान्ति र आन्दोलनप्रति जिम्मेवार छैनन् । उनीहरू न त निर्वाचनका घोषणापत्रहरूमा टिके, न त पार्टीका दस्तावेजहरूमा । यति धेरै नग्न, असफल र पत्रु राजनीति सायदै अन्यत्र देखिएला ।

परिणाम के हुँदैछ ? देशको सार्वभौमसत्ता, स्वाधीनता र आत्मसम्मान दिनप्रतिदिन कमजोर हुँदै छ । दलीय व्यवस्थाको सफलताका लागि अपरिहार्य मानिने आधारभूत लोकतान्त्रिक मूल्यमान्यता प्रत्येक दिन क्षयीकृत र स्खलित हुँदैछन् ।

राजस्व संकलनले चालू खर्च धान्दैन । पुँजीगत खर्चको अभावमा विकास निर्माण कार्य ठप्प हुँदैछन् । भ्रष्टाचार तीव्र छ । एकातिर कर्मचारी प्रशासन भद्दा, परम्परागत र क्षमताविही छ । अर्कोतिर नयाँ पुस्ताका लागि रोजगारीका अवसर छैनन् । परिणाम, कलेजहरू खाली हुँदैछन् । गाँउहरू खाली हुँदैछन् । एयरपोर्टमा भीड बढ्दैछ र युवा पुस्ता निरन्तर पलायन हुँदैछ । 

त्यसैले राजनीतिक अस्थीरता र अवसरवाद चरम् बिन्दुमा छ । लोकतन्त्र, दलतन्त्र र लुटतन्त्रमा फेरिएको छ । सबैजसो दलमा गतिहीन नेतृत्व छ । पार्टीहरू गतिशील छैनन् । पार्टीभित्र लोकतन्त्र, विधि, पद्धति र प्रणालीहरू कमजोर छन् । र, मठाधिस बनेका छन् मात्र आधा दर्जन मान्छेहरू ।

राजनीतिक अवस्था मात्र हैन, देशको आर्थिक अवस्था पनि चौपट छ । जस्तो, राजस्व संकलनले चालू खर्च धान्दैन । पुँजीगत खर्चको अभावमा विकास निर्माण कार्य ठप्प हुँदैछन् । भ्रष्टाचार तीव्र छ । एकातिर कर्मचारी प्रशासन भद्दा, परम्परागत र क्षमताविही छ । अर्कोतिर नयाँ पुस्ताका लागि रोजगारीका अवसर छैनन् । परिणाम, कलेजहरू खाली हुँदैछन् । गाँउहरू खाली हुँदैछन् । एयरपोर्टमा भीड बढ्दैछ र युवा पुस्ता निरन्तर पलायन हुँदैछ ।

उत्पादन छैन । बजार छैन । उपभोग छैन । उद्योग व्यवसाय धरासायी हुने, निर्यात झन् घट्ने र आयात चुलिने अवस्था छ । महँगी र कालोबजारीले आम उपभोक्ता हैरान छन् । उपभोग्य वस्तु तथा सेवाको बजार भाउ आकासिँदो छ । तर, आम नागरिकको औसत ज्याला, तलब र आय बढेको छैन अर्थात् दैनिक गाँस, बास मात्र हैन, शिक्षा, स्वास्थ्य, आवासजस्ता आधारभूत आवश्यकतासमेत आधारभूत वर्गको पहुँचभन्दा बाहिर हुँदै गएको छ।

यस्तो विषम् परिस्थितिमा पनि देशका तथाकथित ठूला दल र तीनका शीर्ष नेताहरू राष्ट्रप्रति संवेदनशील र जनताप्रति उत्तरदायी छैनन् । बरु सत्ता, शक्ति र सम्पत्तिमा लिप्त छन् । त्यसैले भ्रष्टाचार बढ्दो छ ।

केही वर्षयता भएका यति होल्डिङ्गस्, वाइडबडी, सेक्युरिटी प्रेस, ३३ किलो सुन, ललिता निवास, फाष्ट ट्रयाक, एनसेल कर प्रकरणलगायतका भ्रष्टाचार र अनियमितता आदिको अझै विश्वासनीय छानविन भएको छैन । भर्खरै नांगेझार भएको नक्कली भुटानी शरणार्थी काण्डबाट हाम्रो राजनीतिक तथा प्रशासनिक नेतृत्व कतिसम्म गिर्न सक्छ, प्रष्ट भएको छ ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई सबल बनाउनेतर्फ कसैको चासो छैन । बरु स्वयम् दल र सरकार राजनीतिक भागबन्डाका आधारमा आफ्ना मान्छे नियुक्त गरी त्यसलाई अविश्वासनीय र निकम्मा बनाउन लागेका छन् ।

पछिल्लो समय सरकारी मान्छेहरू भन्छन्- देशमा पैसा छैन । उनीहरू भन्छन्– गर्नुपर्ने काम धेरै छन् । मान्छेका अपेक्षा धेरै छन् । तर श्रोत साधनको अभाव छ । किन अभाव भयो श्रोत साधनको ? कसले रित्यायो हाम्रो ढुकुटी ? कसले लुट्दैछ हाम्रो धन ? के यो सबै हुनुमा हाम्रो राजनीतिको दोष छैन ? सरकारको दोष छैन ? सत्ताको दोष छैन ? अर्थात् राज्य दोहन गरेर सिध्याउने । परियोजनाहरू अलपत्र पार्ने । बेरुजुको थुप्रो लगाउने । राज्यको श्रोत साधन मुठ्ठीभर मान्छेको निजी ढिकुटीमा थुपार्ने । भ्रष्टाचारलाई प्रोत्साहित गर्ने । अनि भन्ने, श्रोतको अभाव छ ।

यसरी कसरी हुन्छ ? के यिनै बेथितिहरूको अन्त्य गर्न हामीले आन्दोलन गरेको हैन ? नागरिकलाई सुशासन दिन मन्त्री, प्रधानमन्त्री चुनेका हैनन् ? यो सबै अवस्थालाई सुधार गर्न हामीले सचिव, महानिर्देशक र निर्देशकलाई तलब खुवाएको हैन ?

विचार गरौँ, उल्टो हिँडेर गन्तव्यमा पुगिन्छ कसरी ? राजनीतिलाई सत्ता, शक्ति र सम्पत्तिको साधन बनाएर आफू उल्टो घोडामा सवारी गर्ने, सुल्टो परिणाम आउँछ कसरी ? निष्ठा, नैतिकतालाई तिलाञ्जली दिएर राजनीतिलाई मात्र दलाली बनाउने, सुल्टो परिणाम आउँछ कसरी ?

खर्च घटाउन आर्थिक अनुशासन चाहिन्छ । तर, स्वयम् सरकारमा बस्नेहरूसँग अनुशासन छैन । जस्तो नागरिक तहबाट पटक पटक भनिएको छ- विदेश भ्रमण नगरौँ । सरकारी भोजभतेर नगरौं । चियापान र अतिथि सत्कार बन्द गरौँ । बिदामा सरकारी साधनको दुरुपयोग रोकौँ । मन्त्रिपरिषद्, संसद्, आयोग, समिति, सरकारी कार्यालयको भत्ता कटाउँ । र, यसबाट हुने बचत मुख्यतः गाँउमा खर्च गरौँ । जसलाई नि:शुल्क शिक्षा, स्वास्थ, रोजगारी सिर्जना र कृषिमा लगाउँ ।

तर, कसले सुन्ने ? हिँड्नुपर्ने बाटो नहिँडेर हामी उल्टो हिँडिरहेका छौँ ।

विचार गरौँ, उल्टो हिँडेर गन्तव्यमा पुगिन्छ कसरी ? राजनीतिलाई सत्ता, शक्ति र सम्पत्तिको साधन बनाएर आफू उल्टो घोडामा सवारी गर्ने, सुल्टो परिणाम आउँछ कसरी ? निष्ठा, नैतिकतालाई तिलाञ्जली दिएर राजनीतिलाई मात्र दलाली बनाउने, सुल्टो परिणाम आउँछ कसरी ?

अर्थात् प्रश्नहरू छन्, जवाफदेहीता छैन । त्यसैले, राष्ट्रिय राजनीतिमा एक अभूतपूर्व रिक्तता वा खालिपन देखिएको छ । राष्ट्रिय राजनीति अकल्पनीय ढंगले मैलो बनेको छ । राजनीतिको अनुहार धुलै धुलोले भरिएको छ । यो सफा छैन । यसले मान्छेलाई आशा जगाउने सामर्थ्य गुमाएको छ ।

आखिर सिद्धान्त पढ्नु, सिद्धान्त भन्नु र सिद्धान्तमा टिक्नु अलग कुरा देखियो । पछिल्ला उदाहरण हेर्दा लाग्छ, हाम्रा दलीय सिद्धान्तहरू फगत भ्रम हुन् । नेताहरू भाषण गर्न, जनतालाई उफार्न, समाजलाई विभाजित गर्न र सिद्धान्तको पूर्वाग्रह छर्न मात्र काम लाग्दछन् । अन्यथा यिनीहरूको कुनै प्रयोजन छैन ।

हिजो प्रजातन्त्रका लागि क्रान्ति भयो । तर, प्रजातन्त्र कतै आएन । बरु उल्टो केही मुठ्ठीभर शासकहरूको अराजकतालाई नै प्रजातन्त्र भनियो । लोकतन्त्र, गणतन्त्र, जनवाद र समाजवादका लागि भएका पछिल्ला क्रान्तिमा हजारौंको बलिदान भयो । घर उजाडिए । युवाहरूले पढाइ छोडे । क्रान्तिका सपना संगाल्दैमा धेरैका निजी सपना डामाडोल बने । तर, एक दशक नहुँदै सबै सपनाहरू उजाड बने । बाँकी रह्यो त केवल राजनीतिक आडम्वर, सत्ता स्वार्थ, चरम् अवसरवाद र अराजकता मात्र ।

निष्कर्षमा, आजको तितो सत्य के हो भने नेपाली राजनीति स्वयम् मैलो छ ।

बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको । उनले कुनै समय राणाहरूलाई रैतीको अवस्था देखाउन तराईतिर भेटिएका भरियाहरूले लगाउने च्यातिएका मैलाधैला कमेज, सुरुवाल र टोपी जम्मा गरेर श्री ३ का दरबारमा उपहार पठाएका थिए रे ! त्यो स्वभावतः एउटा विद्रोह थियो । परिणाम कोइराला स-परिवार देशबाट निकालिए ।

मिर्जा गालिबको सायरीले भनेझैँ धुलो स्वयम् यसको अनुहारमा लागेको छ । तर, आफ्नो अनुहारको धुलो पुछ्नपर्नेमा यो ऐना पुछेर बसेको छ । अर्थात् मिर्जा गालिबको उही सायरी दोहोर्‍याउँ- उम्र भर गालिब यही भूल करता रहा, धूल चेहरे पे थी और आईना साफ करता रहा ।

अन्त्यमा एउटा सानो प्रसंग जोड्छु,  बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको । उनले कुनै समय राणाहरूलाई रैतीको अवस्था देखाउन तराईतिर भेटिएका भरियाहरूले लगाउने च्यातिएका मैलाधैला कमेज, सुरुवाल र टोपी जम्मा गरेर श्री ३ का दरबारमा उपहार पठाएका थिए रे !

त्यो स्वभावतः एउटा विद्रोह थियो । परिणाम कोइराला स-परिवार देशबाट निकालिए । र, कालान्तरमा तिनै मैला मान्छेको न्यायका लागि लड्ने संकल्प गर्दै कांग्रेस र कम्युनिष्टहरू राजनीतिमा उदाए ।

त्यसयता झन्डै ८० वर्ष बित्यो । तर, दूर्भाग्य आज पनि गाँउमा मैला लुगा, भोको पेट र परित्यक्त जीवनबाट मान्छेले मुक्ति पाएको छैन । त्यसैले ८० वर्ष पुरानो उही प्रश्न आजका लागि पनि सान्दर्भिक छ कि मान्छेलाई रैतीबाट नागरिक बनाउने कहिले ? मान्छेका आँसुहरू पुछ्ने कहिले ? आफ्नै बाचाहरूप्रति जिम्मेवार हुने कहिले ? विचार र मूल्यमान्यताको राजनीति गर्ने कहिले ? राजनीतिमा निष्ठा र नैतिकताको पुनर्स्थापना गर्ने कहिले ?

राजनीतिमा निष्ठा र नैतिकता रहेन भने त्यस्तो राजनीतिले नागरिकको विश्वास गुमाउँछ । नागरिकको आस्था, प्रेम र विश्वास नभएको राजनीति सत्तामा जतिसुकै बसे पनि इतिहासमा त्यसको कुनै मूल्य हुँदैन । त्यसैले यो कुरा ख्याल गरौँ कि ‘अनुहारमा धुलो लागेको छ । ऐना हैन, अनुहार सफा गरौँ ।’ अन्यथा अरुलाई दोष दिएर केही क्षण त उम्कन सकिएला तर, इतिहासको न्यायालयबाट किमार्थ उम्कन सकिँदैन ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved