प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने ?

टिकटक प्रतिबन्ध अविलम्ब फिर्ता लिन आग्रह

एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको उनको तर्क छ । टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आग्रह गर्दै शर्माले फेसबुकमा ४ बुँदामा पनि लेखेका छन् ।

नेपालभ्युज

प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने प्रधानमन्त्री ?’ भनेका छन् ।

गलत निर्णय भएको टिप्पणी गर्दै उनले अविलम्ब फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत शर्माले सरकारको कदमको विरोध जनाएका हुन् ।

उनले ट्विटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेन्सन गर्दै भनेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने प्रधानमन्त्री ? कि जोखिम रहित उपचार खोज्ने ?’

एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको उनको तर्क छ । टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आग्रह गर्दै शर्माले फेसबुकमा ४ बुँदामा पनि लेखेका छन् ।

यस्तो छ उनको फेसबुक स्ट्याटस ।

१) आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रियो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणाली नै भङ्ग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले स्वच्छन्दता नियन्त्रण गर्ने हो ? स्वतन्त्रता नियन्त्रण गर्ने होइन ।

२) सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौँ । तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौँ ।

३) सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, नो कमेन्ट । तर, एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ ।

४) टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ । कलाकार जन्माएको छ। लाइभबाट कयौँले कमाएका छन् । व्यवसाय प्रवर्द्धन गरेका छन् । कयौँले सकारात्मक सम्प्रेषण गरेका छन् । दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा विधि बनाऊ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved