गाजामा इजरायली आक्रमण अन्त्य गर्ने राजनीतिक तरिका बारे छलफल

नेपालभ्युज

गाजामा इजरायली आक्रमण अन्त्य गर्ने राजनीतिक तरिका बारे छलफल

तेहरान । इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियान र उनका कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले गाजा पट्टीमा इजरायली आक्रमण अन्त्य गर्ने राजनीतिक समाधानका तरिका बारेमा विचार आदानप्रदान गरेका छन् ।

बिहीबार भएको टेलिफोन वार्तामा दुवै पक्षले गाजामा गरिएको इजरायली आक्रमणको कडा निन्दा गर्दै यस क्षेत्रमा देखिएको प्रतिकूल मानवीय अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गरेको इरानको विदेश मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

उनिहरूले गाजामा तत्काल युद्धविराम गर्न र मानवीय सहायताको निरन्तर वितरण र सम्भावित युद्धविराम घोषणा गर्ने उपायहरूबारे पनि छलफल गरेको बताइएको छ । गाजामा द्वन्द्व शुरु भएदेखि नै इरान र कतारी विदेशमन्त्रीहरूले इजरायली आक्रमणको निन्दा गर्दै, प्यालेस्टिनीहरूलाई समर्थन गर्ने र मानवीय सङ्कटलाई सम्बोधन गर्ने उपायहरू खोज्दै थुप्रै फोनवार्ता गरेका छन् ।

महिना लामो इजरायल-हमास द्वन्द्वबाट गाजामा हालसम्म ११ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने, इजरायली पक्षतर्फ १ हजार ४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । तीमध्ये अधिकांश हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved