भूकम्पमा घाइते भएका नगर प्रहरी विष्टको मृत्यु, मृतकको संख्या १५४ पुग्यो

नेपालभ्युज

भूकम्पमा घाइते भएका नगर प्रहरी विष्टको मृत्यु, मृतकको संख्या १५४ पुग्यो

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडामा कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरोज विष्टको मृत्यु भएको हो ।

विष्टको शुक्रबार बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए ।

विष्ट २०७७ भदौ ९ गतेदेखि नगर प्रहरी जवानमा कार्यरत थिए । उनी वडा नम्बर ८ को गोइरी जिउलामा ढुंगा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका बेला घाइते भएको नगरपालिकाले जनाएको छ ।

विष्टको मृत्युसँगै जाजरकोट केन्द्रविन्दु भएर मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved