वडा कार्यालय तोडफोड, १ लाख ५० हजार बराबरको क्षति

नेपालभ्युज

वडा कार्यालय तोडफोड, १ लाख ५० हजार बराबरको क्षति
फाइल फोटो

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।

गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ ।

कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved