इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३४० रनको लक्ष्य, स्टोक्सको शतक

नेपालभ्युज

इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३४० रनको लक्ष्य, स्टोक्सको शतक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई ३४० रनको लक्ष्य दिएको छ।

भारतको पुनेमा जारी खेलमा इङ्ल्यान्डले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३३९ रन बनाएको हो।

इङ्ल्यान्डको लागि बेन स्टोक्सले शतकीय पारी खेले। स्टोक्सले ८४ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै १०८ रन बनाए।

डेविड मलानले ७४ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८७ रन जोडे। यस्तै क्रिस वोक्सले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए।

नेदरल्यान्ड्सको लागि बास डे लीडेले ३, आर्यन दत्तले र लोगान भ्यान बेकले २–२ तथा पल भ्यान मिकरेनले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved