विश्वकप क्रिकेट

घाइते म्याक्सवेलको तुफानी दोहोरो शतक, अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

१२८ बल खेलेका म्याक्सवेलले २१ चौका र १० छक्का प्रहार गरेका थिए । घाइते अवस्थामा बारम्बार फिजिओ थेरापी गराउँदै म्याक्सवेल अन्तिमसम्म डटेका थिए । वानखडे स्टेडियममा ९१ रन बनाउँदा अष्ट्रेलियाले ७ विकेट गुमाइसकेको थियो। तर, त्यसपछि म्याक्सवेलले एक्लै टिमलाई जित दिलाए ।  

नेपालभ्युज

घाइते म्याक्सवेलको तुफानी दोहोरो शतक, अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं । घाइते अवस्थामा रहेका ग्लेन म्याक्सवेलले बहादुरीपूर्ण अविजित दोहोरो शतक बनाएपछि एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको छ ।

३ विकेटको जितसँगै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगेको छ । म्याक्सवेलले अफगानिस्तानले जितिसकेको खेल खोसेर अष्ट्रेलियालाई जितसम्म पुर्याएका हुन् ।

२९२ रनको लक्ष्य अष्ट्रेलियाले १९ बल अघि सात विकेट गुमाएर पुरा गरेको छ । विश्वकपको इतिहासमा पहिलो पटक दोहोरो शतक बनेको छ । २०१ रनमा अविजित रहेका म्याक्सवेलले १२८ बल खेल्दै २१ चौका र १० छक्का प्रहार गरेका थिए ।

उनले ४७ औं ओभरको पाँचौ बलमा छक्का प्रहार गरेर एकै पटक टिमलाई जित दिलाउनुका साथै दोहोरो शतक पनि पुरा गरेका थिए । सोही ओभरमा त्यसअघि उनले दुई छक्का र एक चौका पनि प्रहार गरेका थिए ।

घाइते अवस्थामा बारम्बार फिजिओ थेरापी गराउँदै म्याक्सवेल अन्तिमसम्म डटेका थिए । वानखडे स्टेडियममा ९१ रन बनाउँदा अष्ट्रेलियाले ७ विकेट गुमाइसकेको थियो। तर, त्यसपछि म्याक्सवेलले एक्लै टिमलाई जित दिलाए ।

त्यसअघि म्याक्सवेलले दुई पटक जीवनदान पाएका थिए । ३३ रन बनाएपछि उनी घाइते भएपनि क्रिज छाडेनन् । त्यसपछि उनको विष्फोटक पारि सुरु भयो र अन्तिमसम्म जारी रह्यो ।

अष्ट्रेलियाले विश्वकपको इतिहासमा अहिलेसम्मकै ठूलो लक्ष्य पार गरेको हो । मिचेल मार्सले २४ र डेभिड वार्नरले १८ रनको योगदान गरे । पैट कमिङ्गसले ६८ बलमा १२ रन बनाएर अन्तिमसम्म म्याक्सवेललाई साथ दिए ।

अफगानिस्तानले पहिले ब्याटिङ गरेर पाँच विकेट गुमाउँदै २९१ रन बनाएको थियो । उसका इबराहिम जर्दानले १२९ रन बनाए ।

विश्वकपमा अहिलेसम्म भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् । अर्को एक स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान दौडमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved