श्रीलंकाले बंगलादेशलाई दियो २८० रनको लक्ष्य, असालान्काको शतक

नेपालभ्युज

श्रीलंकाले बंगलादेशलाई दियो २८० रनको लक्ष्य, असालान्काको शतक
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई २८० रनको लक्ष्य दिएको छ।

भारतको दिल्लीमा जारी खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा २७९ रनमा अलआउट भएको हो।

श्रीलंकाको लागि चरित असालान्काले शतकीय पारी खेले। उनले १०५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै १०८ रन बनाए। एकदिवसीयमा यो उनको दोस्रो अर्धशतक हो। पथुम निसानकाले ४१ रन जोडे।

बङ्गलादेशको लागि तन्जिम हसन साकिबले ३, शकिब अल हसन र शरीफुल इस्लामले २–२ तथा मेहदी हसन मिराजले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved