धनगढीबाट बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चारको मृत्यु

नेपालभ्युज

धनगढीबाट बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चारको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। शनिबार राति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा, र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेहरूमा सोही ठाउँका प्रकाश बुढा, खोमबहादुर मलाल, दानबहादुर बुढा, बिमला मलाल,राजबहादुर मलाल रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved