विश्वकप क्रिकेट : न्युजिल्याण्ड दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित

नेपालभ्युज

विश्वकप क्रिकेट : न्युजिल्याण्ड दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित

काठमाडौं । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई फराकिलो अन्तरले हराएको छ । यो जितपछि दक्षिण अफ्रिका १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भारतको पुनेमा भएको भएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १ सय ९० रनको विशाल अन्तरले हराएको हो ।

३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अलआउट भयो । लगातार तेस्रो हार ब्यहोरेपछि कीवी टोली चौथो स्थानमा झरेको छ ।

दक्षिण अफ्रिकाका बलरसामु न्युजिल्याण्डका ब्याट्समान निरीह बनेका थिए । ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराजले ४ तथा मार्को जानसेनले ३ विकेट लिए ।

त्यसअघि क्विन्टन डी कक र रासी भन डर डुसेनको शतक मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट क्षतिमा ३ सय ५७ रन बनाएको थियो ।

डुसेनले ११८ बलमा १ सय ३३ तथा डी ककले ११६ बलमा १ सय १४ रन बनाए । डी कक विश्वकपमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपमा उनको यो चौथो शतक हो । डेभिड मिलरले ३० बलमा ५३ रन बनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved