प्रधानमन्त्री निवासमा शीर्षस्थ तीन नेता, टीआरसी विधेयकबारे छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकबारे  छलफल गरेका हुन् ।

नेपालभ्युज

प्रधानमन्त्री निवासमा शीर्षस्थ तीन नेता, टीआरसी विधेयकबारे छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्षस्थ तीन नेताबीच छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकबारे  छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा छिटो टुंग्याउन चाहिरहेका छन् । तर, एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्रीकै कारण उक्त मुद्दा अल्झिएको बताइरहेका छन् ।

नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए ।

मंगलबार संयुक्त सदनलाई सम्बोधन गर्दै पनि पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन उनले दलहरूलाई सुझाव दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved