एनआरएनएको कार्यालयमा तनाव बढेपछि प्रहरीले थाल्यो अनुसन्धान

नेपालभ्युज

एनआरएनएको कार्यालयमा तनाव बढेपछि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बालुवाटारस्थित कार्यालयमा लगातार तनाव बढेपछि प्रहरीले चासो राखेको छ। प्राय झगडा र कुटपिट भइरहेपछि सुरक्षा निकायले चासो जनाएको हो।

मंगलबार एनआरएनएको आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरूलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएको छ ।

प्रहरी वृत्त, दरबारमार्गमा दिएको उजुरी अनुसार, शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली त्यहाँ थियो ।

बस्नेतको टोली अध्यक्ष बद्री केसीलाई शुभकामना दिन त्यहाँ पुगेको थियो । त्यसक्रममा आरके शर्मासहित बेल्जियमका अभियन्ता एवं पत्रकार ओम शर्मामाथि कुटपिट भएपनि सुरक्षाको व्यवस्था गरिएको काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

घटनामा शर्माको मुखमा चोट लागेको छ । एनआरएनएको अध्यक्षमा ३ कात्तिकमा बद्री केसी निर्वाचित भएका थिए । तर, विद्युतीय मतदानमा धाँधली भएको भन्दै प्रत्यासी आरके शर्माले समानान्तर कमिटी गठन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved