एनआरएनए विवाद : आधिकारिकताको दाबी गर्दै आरके समूहले दियो परराष्ट्रमा निवेदन

नेपालभ्युज

एनआरएनए विवाद : आधिकारिकताको दाबी गर्दै आरके समूहले दियो परराष्ट्रमा निवेदन

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएनमा आरके शर्मा नेतृत्वको समूहले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ ।

अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी पेश गरेको हो ।

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीको नामावली छ । आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।

निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शुन्य मत आएपछि अध्यक्षका दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए ।

अध्यक्षमा बद्री केसीलले शपथ लिएपछि दुई आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको घोषणा गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved