न्युजिल्यान्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु

नेपालभ्युज

न्युजिल्यान्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु

काठमाडौं । न्युजिल्यान्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको शहिदनगर नगरपालिकाका ३३ वर्षीय सुरेन्द्र सर्वरिया छन् ।

कोठाबाट काममा जाने क्रममा सर्वरिया सवारी दुर्घटनामा परेको एनआरएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए ।

सर्वरियाको शव नेपाल पठाउन प्रक्रिया थालेको पाण्डेले बताए । सर्वरियाको शव अहिले अस्पतालमै छ ।

मृतक सर्वरियाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले शव पठाउन कठिनाई भएको पाण्डेले जानकारी दिए ।

सर्विरयाका श्रीमती, एक छोरा र एक छोरी छन्। उनी १५ महिनाअघि मात्रै रोजगारीको लागि न्युजिल्यान्ड पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved