भारतले प्याज निर्यातमा तोक्यो न्यूनतम मूल्य

नेपालभ्युज

भारतले प्याज निर्यातमा तोक्यो न्यूनतम मूल्य

काठमाडौं । भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा मूल्य तोकेको छ । भारतले निर्यातका लागि प्रतिटन प्याजको मूल्य न्यूनतम ८ सय अमेरिकी डलर मूल्य तोकेको हो ।

स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न भन्दै भारतले प्याजको मूल्य तोकेको हो । यो नियम आइतबारदेखि पुस ३१ गतेसम्म लागू हुने भारत संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ ।

यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ ।

भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved