पाल्पाको रानीमहल नजिकै जिप दुर्घटना, ६ जनाको मृत्यु

नेपालभ्युज

पाल्पाको रानीमहल नजिकै जिप दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा । पाल्पामा जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रानीमहल दरबारनजिक बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको ज्यान गएको छ भने चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा तीन महिला, दुई बालक र एक पुरुषले ज्यान गुमाएका छन् । गम्भीर घाइते रहेका नवलपुर घर भएका जिप चालकको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बागमती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट र जिल्लाबाट गएको प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।

दुर्घटना ठूलो भिरमा भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved