त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

मुलपानी क्रिकेट मैदानमा ९५ रनको लक्ष्य नेपालले ३७ बल अगाडी नै ४ विकेट गुमाएर पार गरेको हो । नेपालको जितमा ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । 

नेपालभ्युज

त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा ९५ रनको लक्ष्य नेपालले ३७ बल अगाडी नै ४ विकेट गुमाएर पार गरेको हो । नेपालको जितमा ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

यस्तै कप्तान रोहित पौडेल २५ रनमा अविजित रहे । गुल्सन झाले ५ बलमा १४ रन बनाए । हङकङका ईसान खानले तीन विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रन बनाउँदा अलआउट भएको थियो।

हङकङका यासिम मुर्ताजाले ३६ र जीशान अलीले १७ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।

नेपालको लागि करण केसीले ४, सोमपाल कामी र अबिनाश बोहराले २–२ तथा कुशल मल्ल र मौसम ढकालले १–१ विकेट लिए।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हिजो यूएईलाई हराएको थियो । नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । अन्य दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved