नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ : भुवन केसी

नेपालभ्युज

नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताएका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले चलचित्रको सेन्सर कडा हुँदै गएको भन्ने आवाज उठेको भन्दै सेन्सर बोर्डलाई नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न आग्रह गर्ने बताए ।

उनले नेपाली चलचित्रको सबटाइटल राख्न सके विदेशमा पनि राम्रो महत्त्व पाउने बताए । उनले सब टाइटलका कारण विश्वका मानिसहरू नेपाली चलचित्रको फ्यान हुनसक्ने बताए ।

अध्यक्ष केसीले नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved