एमाले उपाध्यक्षको ठोकुवा- मंसिरपछि प्रचण्ड नेतृत्वको सरकार ढल्छ, ढुक्क हुनुस्

नेपालभ्युज

एमाले उपाध्यक्षको ठोकुवा- मंसिरपछि प्रचण्ड नेतृत्वको सरकार ढल्छ, ढुक्क हुनुस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मंसिरपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

कोशीमा नयाँ सरकार गठनको प्रक्रियाले पनि उक्त कुरा पुष्टि गरेको उनको भनाइ छ । उनले केही समयमै अहिलेको राजनीतिक समीकरण परिवर्तनको हुने ठोकुवा पनि गरे ।

रामेछाप–काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले अहिलेको सरकारको आयु अब दुई महिनाभन्दा बढी नभएको बताएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved