आयुष्मान खुरानाकी श्रीमती ताहिरासँग जोडिएका अनौठा किस्सा

नेपालभ्युज

आयुष्मान खुरानाकी श्रीमती ताहिरासँग जोडिएका अनौठा किस्सा

एजेन्सी । बलिउडका प्रतिभाशाली अभिनेता मध्ये एकमा पर्छन् आयुष्मान खुराना । चर्चित व्यक्तिका व्यक्तिगत जीवनका कुरा पनि सबैलाई चासोको विषय हुन्छ ।

त्यस्तै उनकी श्रीमतीका बारेमा पनि केही कुराहरु छन् जो कसैलाई थाहा नहुनु सक्छ । कार्यक्रमहरुमा देखिए पनि त्यति धेरै लाइमलाइटमा भने आयुष्मानकी श्रीमती देखिँदैनिन् । आज जानौं उनको बारेमा–

– ताहिरा कश्यप भारतीय फिल्म निर्देशक, लेखक तथा निर्माता समेत हुन् । उनको जन्म सन् १९८३ मा भारतको चन्डीगढमा भएको थियो ।

– ताहिरा कश्यपले आफ्नो स्कूली शिक्षा यादविन्द्रा पब्लिक स्कूलबाट गरेकी थिइन् । त्यसपछि उनले चन्डीगढबाट पत्रकारितामा डिग्री हासिल गरेकी छन् ।

– आयुष्मान खुराना र ताहिरा कश्यपको पहिलो पेट स्कूलमा भएको थियो । त्यतिबेल उनीहरु एउटै कक्षामा थिए ।

– स्कूलपछि पनि दुबै सँगै कलेज तथा थियटरमा काम गरेका थिए । दुबैले एकअर्कालाई लामो समय डेट गरेका थिए ।

– ताहिरा र आयुष्मानको परिवारले पनि एकअर्कालाई राम्रोसँग चिन्दथे । सन् २०१२ मा दुबैले एकअर्कासँग विवाह गरेका थिए ।

– ताहिरा आयुष्मानका लागि एकदमै भाग्यशाली सावित भइन् । उनीहरुको विवाह भएसँगै आयुष्मानको फिल्म विक्की डोनर रिलीज भयो । त्यसपछि उनको करिअरले रफ्तार लियो ।

– ताहिरालाई सन् २०१८ मा बे्रस्ट क्यान्सर भएको थियो । उक्त समयमा श्रीमान् आयुष्मानले उनको एकदमै साथ दिए र दुबै एकअर्काका लागि साथ रहे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved