हाम्रो गणतन्त्र नियाउरो र रुञ्चे भएर सकिन लागेको छः राम कार्की

नेपालभ्युज

हाम्रो गणतन्त्र नियाउरो र रुञ्चे भएर सकिन लागेको छः राम कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकताबद्ध भएर अघि बढ्न काँग्रेस–कम्युनिष्ट पार्टीहरूलाई आग्रह गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठ्नुपर्ने बताए ।

दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता कार्कीले भने, ‘हाम्रो धर्म निरपेक्षता, हाम्रो संघीय प्रजातन्त्र, हाम्रो समावेशी प्रजातन्त्र र हाम्रो गणतन्त्र नियाउरो भएर, रुन्चे भएर, पिलन्धरे भएर सकिन लागेको छ ।’

उनले अगाडि थपे, ‘हाम्रो राजनीतिक संस्कृति रुन्चे भएको कारणले गर्दा प्रतिगामीहरु कस्सिएर आएका छन् । उनीहरुको आँट बढेको छ ।’

उनले नेपाली समाजको विकल्प समाजवाद मात्रै हुनसक्ने बताए । ‘अब एकचोटी यो बाँकि रहेका कम्युनिष्टहरु र समाजवाद मान्ने काँग्रेसहरु एकचोटी जुर्मुराउने हो भने, नयाँ तरिकाले आफूलाई अघि बढाउने हो भने विकल्प फेरी पनि समाजवादनै हो’ उनले भने, ‘नेपाली समाजको विकल्प भनेको समाजवाद मात्रै हुन सक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved