आर्थिक संकट र चुनौतीलाई क्रान्तिमा बदल्नुपर्छ : सांसद सापकोटा  

नेपालभ्युज

आर्थिक संकट र चुनौतीलाई क्रान्तिमा बदल्नुपर्छ : सांसद सापकोटा  

काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले आजको आर्थिक संकट र चुनौतीलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले उत्पादन पद्धतिमा नै नयाँ ढङ्गले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य भएको बताए ।

उनले भने, ‘औद्योगिक क्षेत्रको अवस्था निकै खस्किएको छ, ५० प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । त्यसैले उत्पादन पद्धतिमा नै नयाँ ढङ्गले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य हुन गएको देखिन्छ । आजको आर्थिक संकट र चुनौतीहरूलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदलौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved