संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको निर्णय

नेपालभ्युज

संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको सांसद अर्जुननरसिंह केसीले जानकारी दिए ।

बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई रास्वपाको नेताको रूपमा बोल्न दिने निर्णय गरेको छ । दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक बोलाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved