हमास विरुद्ध उत्रिए इजरायलका अभिनेत्री

नेपालभ्युज

हमास विरुद्ध उत्रिए इजरायलका अभिनेत्री

एजेन्सी । इजरायल र प्यालेस्टाइनको युद्धमा हजारौं निर्दोषको ज्यान गइसकेको छ । विनास देखेर इजरायलका ठूला अभिनेत्रीको मन पनि चुडिँएको छ । उनीहरु पनि पीडामा छन् ।

इजरायलका कयौं अभिनेत्रीले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो देशलाई हमासको हमलाबाट बचाउन संसारभरका नागरिकसँग अपिल गरिरहेका छन् ।

अभिनेत्री गैल गडोट विश्वकै उत्कृष्ट मानिन्छन् । उनले लगातार सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर इजरायलको समर्थनमा आवाज उठाइरहेकी छन् । साथमा आफ्नो देशलाई सहयोग र समर्थन गर्न अपिल पनि गरिरहेकी छन् ।

नताली पोर्टम्यान पनि इजरायलकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनको जन्म जेरुसलममा भएको थियो । नतालीले पनि सामाजिक सञ्जालको माध्यमबाट निर्दोषले न्याय पाउनुपर्छ भनेर आवाज उठाइरहेकी छन् ।

त्यस्तै अभिनेत्री मोरन अटियास, डोरिट रवेलिस, बार रेफेलीले पनि इन्स्टाग्राममा पोस्ट राखेर आफ्नो देशको स्थिति सबैका सामु राखिरहेका छन् । उनीहरुले अहिलेसम्म युद्धमा कति मानिसको मृत्यु भयो, कति घाइते भए, कतिलाई अपहरण गरिएको छ भन्नेबारेको जानकारी शेयर गर्दै जागरुक गराइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved