जब परिणीति चोपडाको लिप–लकले तहल्का मच्चायो

नेपालभ्युज

जब परिणीति चोपडाको लिप–लकले तहल्का मच्चायो

एजेन्सी । बलिउड अभिनेत्री परिणीति चोपडाको हालै मात्र आम आदमी पार्टीका नेता राघव चड्ढासँग बिवाह भएको छ । परिणीतिले आफ्नो करिअरमा कयौं चर्चित तथा सम्झन लायक फिल्म दिइसकेकी छन् ।

परिणीतिले सन् २०११ मा फिल्म लेडिज वर्सेज रिक्की बहलबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले सन् २०१२ मा अर्जुन कपूरको डेब्यू फिल्म इश्कजादेमा प्रमुख भूमिका निर्वाह गरिन् ।

यस इश्कजादेमा परिणीति चोपडा र अर्जुन कपूरको जोडी दर्शकलाई एकदमै मन परेको थियो । यस फिल्ममा परिणीतिले अर्जुन कपूरसँग इन्टीमेट सीन पनि दिएकी थिइन् ।

फिल्ममा परिणीति र अर्जुन कपूरको इन्टीमेट लिप–लक सीनले त्यतिबेला एकदमै तहल्का पिटेको थियो । सँगै यस फिल्ममा उनीहरुको अभिनयको पनि प्रशंसा गरिएको थियो ।

त्यसपछि परिणीति चोपडाले हँसी तो फसी, दावत ए इश्क, केसरी तथा गोलमाल अगेन जस्ता हिट फिल्म दिएकी थिइन । अब छिट्टै उनी अक्षय कुमारसँग फिल्म मिशन रानीगन्जमा देखिनेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved