चलचित्र बोर्डलाई आयोगको रुपमा अपग्रेड नगरे आन्दोलन गर्छौंः कलाकार शाह

नेपालभ्युज

चलचित्र बोर्डलाई आयोगको रुपमा अपग्रेड नगरे आन्दोलन गर्छौंः कलाकार शाह

काठमाडौं । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताए । उनले अहिले ड्राफ्ट भइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको चलचित्र ऐनलाई तत्काल खारेज गरी पुनःविचार गर्न आग्रह गरे । उनले राम्रा चलचित्र बन्नुको पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको के भुमिका छ ? भन्दै प्रश्न गरे ।

उनले तत्कालीन सहसचिव मुकुन्द आचार्य भएको बेलामा परिवर्तन भएको दस्ताबेज चलचित्रकर्मीको सहमति बिनाको भएको भन्दै यो चलचित्र उद्योगप्रतिको ठूलो विश्वासघात भएको बताए । उनले वर्तमान गठबन्धनको सरकारले उद्घोष गरेमबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड गर्न आग्रह गरे ।

उनले चलचित्र क्षेत्रको केही नबुझेको मानिसले भनेको भरमा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई परिवर्तन गरिरहन नसक्ने बताए ।  उनले प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित नरहेको बताए ।

चलचित्र सम्बन्धी अघि बढाइएको ऐनमा मन्त्रालयको निरंकुशतालाई झनै बढाएको उनले बताए । उनले चलचित्र कर्मीको आवाज सडकबाट सुन्न चाहेको भए सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए ।

वरिष्ठ कलाकार शाहले चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको श्रीवृद्धिको काममा नलागे अध्यक्षबाट नै विस्थापित गर्ने चेतावनी दिए । शाहले चलचित्रकर्मीको सहयोग गरे सबैले साथ दिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved