बङ्करमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्‍यो उद्धार

नेपालभ्युज

बङ्करमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्‍यो उद्धार

काठमाडौं । हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ११ जना नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेको छ ।

उनीहरूमध्ये ६-७ जनाको उद्धार भइसकेको र बाँकीको केहीबेरमा उद्धार हुने बंकरबाट उद्धार गरिएका बर्दियाका नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए।

रिजालले एक भिडियो सन्देशमार्फत इजरायली सेनाले स्कर्टिङ गरेर आफूहरूलाई सुरक्षित स्थानतर्फ लगेको बताएका छन् । उनका अनुसार उनीहरूलाई इजरायली सेनाले बङ्करबाट निकालेर तेल अभिभतर्फ लगेको छ ।

आइतबार इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved