हमास समूहको निन्दा गर्दै एमालेले भन्यो- इजरायलका नेपालीको छिटो उद्धार होस्

नेपालभ्युज

हमास समूहको निन्दा गर्दै एमालेले भन्यो- इजरायलका नेपालीको छिटो उद्धार होस्

काठमाडौं । हमास समूहको आक्रमणको निन्दा गर्दै नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् ।

पढ्दै कमाउने योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा उनले दुःख पनि व्यक्त गरेका छन् ।

उनले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved