‘कालोमोसो दल्ने अभियन्ता’ दुर्गा प्रसाईँलाई नै उल्टै दलियो कालोमोसो (भिडिओ)

नेपालभ्युज

‘कालोमोसो दल्ने अभियन्ता’ दुर्गा प्रसाईँलाई नै उल्टै दलियो कालोमोसो (भिडिओ)

काठमाडौं। युट्युबमा अन्टसन्ट बोलेर भाइरल भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एक समूहले कालोमोसो दलेको छ। चर्चाको लागि विवादास्पद अभिव्यक्ति दिँदै आएका उनलाई काठमाडौंमै अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन्।

प्रसाईँले आज दिउँसो १ बजे काठमाडौंको एक होटेलमा पत्रकार सम्मेलन भन्दै युट्युबर बोलाएका थिए। कार्यक्रम सकेर हलबाट बाहिरिएलगत्तै उनलाई अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन्।

विभिन्न व्यवसायीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका उनले पछिल्लो समय बैंक तथा लघुवित्तको ऋण नतिर्न उक्साइरहेका थिए। उनले बैंक तथा लघु वित्तको किस्ता माग्न आउनेलाई कालो मोसो दलेर पठाउन आग्रह गर्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved