स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु

नेपालभ्युज

स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु
सांकेतिक तस्वीर

नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बुश टाइफस पनि भनिने स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने रोग हो । यो जनावरहमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्छ ।

स्क्रब टाइफसको सबैभन्दा सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीं चिलाउने जस्ता लक्षण देखिन्छन् ।

उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रले भने, “केही जिल्लामा उक्त भाइरस सङ्क्रमितको मृत्यु भएको रिपोर्ट आएको छ र हामी अहिले आठ जनाको मृत्युबारे अनुसन्धान गरिरहेका छौं ।”

मिश्रका अनुसार यस वर्ष राज्यभरि स्क्रब टाइफसको घटनामा वृद्धि भएपछि परीक्षणमा वृद्धि गरिएको छ । निर्देशकका अनुसार गत वर्ष राज्यमा करिब एक हजार ५०० सङ्क्रमित भेटिएका थिए ।

प्रारम्भिक चरणमा, यो रोग सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोगबाट उपचार गर्न सकिन्छ । त्यसैले यदि यसलाई प्रारम्भिक चरणमा उपचार गरियो भने, यो जटिल हुँदैन । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved